इलाम । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले कुनै एक दललाई बहुमत सिट दिएर चुनावी तालमेल हुन नसक्ने बताएका छन्।
गृहजिल्ला इलाममा आयोजित कार्यकर्ता प्रशिक्षण तथा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको सम्मान कार्यक्रममा खनालले यस्तो बताएका हुन् ।
चुनावी तालमेल अहिलेको आवश्यकता भएपनि सबै दलका लागि सम्मानजनक नभएसम्म तालमेल नहुने उनको बताए।
तालमेलका लागि केन्द्रमा घनीभूत छलफल भइरहेको भन्दै तालमेलबारे दलहरूले आ–आफ्नै प्रस्तावसमेत राखिरहेको बताए।
तालमेलमा स्थानीय तह निर्वाचनको मतलाई आधार मान्नु व्यावहारिक नहुने उनको भनाइ छ।