Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद् बैठक : साउन १ गतेदेखि नयाँ तलबमान र ग्रेड लागू गर्ने

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि साउन १ गतेदेखि लागू हुनेगरी नयाँ तलबमान लागू गरेको छ । साउन २६ गते आइतवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान र ग्रेड लागू गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, नेपाल स्वास्थ्य, संसद सेवा तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि नयाँ तलबमान लागू हुनेछ । सरकारले बजेट मार्फत सबै कर्मचारीको तलब १५ प्रतिशत वृद्धि गरेको थियो । मन्त्रिपरिषद्ले नयाँ ग्रेड तोकेको छ ।

मन्त्रिपरिषद् बैठकले ऊर्जा मन्त्रालयअन्तर्गतको आयोजनाका लागि राजपत्राकिंत ५१ पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । यस्तै, कानून मन्त्रालयको लागि राजपत्रांकित ५८ पदको स्थायी पद स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077