Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका चिल्ला र फराकिला सडकमा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लाग्यो : मेयर हर्क साम्पाङ

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं शहरको विजोग देशेर श्रमदान गर्न मन लागेको बताएका छन् ।

साम्पाङले सामाजिक सञ्जालमा काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा श्रमदान गर्न मन लागेको बताएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

ल्याण्डफिल साइटको समस्याले काठमाडौं महानगरपालिकाको फोहोर उठ्न सकेको छैन । धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले उनी काठमाडौं आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077