Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रवासी नेपालीलाई निर्वाचनमा स्वदेश फर्कंन लिङ्देनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई आग्रह गरेका छन् ।

पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय समिति र विभिन्न २७ देशका राष्ट्रिय समन्वय समितिको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मतबाटै देशको अवस्था बदल्न सकिने भन्दै निर्वाचनको बेला भोट हाल्न नेपाल आउन आग्रह गरेका हुन् ।

उनले प्रवासले राप्रपाप्रति भरोसा गरेको र आगामी निर्वाचनमा भरोसालाई भोटमा रुपान्तरण गर्न पार्टीको प्रवासमा रहेका संगठनलाई थप क्रियाशील हुन निर्देशन दिए ।

अध्यक्ष लिङ्देनले प्रवासमा रहेका पानस आबद्ध साथीहरूलाई पार्टीको पक्षमा जनमत बनाउन, सामाजिक सञ्जालको भरपूर सदुपयोग गर्न, आक्रामक ढंगबाट संगठन विस्तार गर्न, निर्वाचनको बेला संगठित रुपमै स्वदेश आउने तालिका बनाउन र प्रभावकारी रुपले चुनावी अभियानमा होमिन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077