Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने जेलेन्स्कीको चेतावनी

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरेज्जिया आणविक केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनका क्रममा आणविक केन्द्रबाट वा केन्द्रतर्फ आक्रमण गर्नेहरु युक्रेनको ‘विशेष निशाना’ बन्ने बताएका हुन् ।

उनले मस्कोले ऊर्जा केन्द्रलाई रुसी सैनिकको बेसक्याम्प बनाएको आरोप समेत लगाए । रुसले केन्द्रलाई ‘परमाणु ब्ल्याकमेल’ का रुपमा प्रयोग गरेको उनको भनाई छ ।

रुसले गत मार्चमा सोही परमाणु केन्द्र कब्जामा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077