Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस असन्तुष्ट पक्षले प्रचण्ड विरुद्ध चितवन ३ मा उम्मेदवारी दिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध नेपाली कांग्रेस चितवनको असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले चितवन क्षेत्र नम्बर ३ बाट दाहाललाई उम्मेदवार बनाउने निश्चित भएकाले कांग्रेस असन्तुष्ट समूहले उम्मेदवारी दिने तयारी गरेको हो ।

शनिबार भरतपुरमा आयोजित कार्यक्रममा असन्तुष्ट समूहका नेताहरुले रुखमा भोट हाल्न नपाउने अवस्थामा विद्रोही उम्मेदवार खडा गर्ने बताएका हुन । सो समूहले आगामी भदौ २४ गते वीपी कोइरालाको जन्म जयन्तीका दिन उम्मेदवारी घोषणा गर्ने बुझिएको छ ।

समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफैं उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077