Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भन्छन् - काठमाडौंको फोहोर व्यवस्थापन नगरेर तीनवटै सरकारले आपराधिक खेलबाड गरेँ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले वर्षा याममा काठमाडौंमा हप्तौंदेखि फोहोर व्यवस्थापन नहुनु अत्यन्त गम्भीर विषय भएको बताएका छन् । शनिवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक भिडियो शेयर गर्दै डा. भट्टराईले तीन वटै सरकारले सार्वजनिक स्वास्थ्यमाथि अपराधिक खेलवाड गरिरहेको आरोप लगाएका हुन् । उनले राज्यका तीन वटै तहले सार्वजनिक स्वास्थ्य र मुलुकको छविमाथि अपराधिक खेलवाड गरिरहेको समेत बताए । तीनै तहले एकअर्काप्रति दोषरोपण गरेर पन्छिने होइन, सहकार्य गरेर फोहोरको समस्या तुरुन्त समाधान गर्न उनले माग गरे । उनले ट्वीटरमा लेखेका छन् 'बर्षा/गर्मी याममा राजधानीमा हप्तौंदेखि फोहरव्यवस्थापन नहुनु अत्यन्त गम्भीर विषय हो ! राज्यका तीनवटै तहले सार्वजनिक स्वास्थ्य र मुलुकको छवीमाथि यस्तो अपराधिक खेलवाड गर्न मिल्दैन। तीनै तहले एकअर्काप्रति दोषारोपण गरेर पन्छिने हैन सहकार्य गरेर तुरून्त समाधान गर।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077