Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निहारिका भेटेपछि बालेनले भने- यो राज्यको अत्याचार हो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफूलाई कुमारी आमा बताउने निहारिका राजपुतलाई भेटेका छन्।

त्रिवि शिक्षण अस्पतालमा पुगेर उनलाई भेटेपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले बच्चाको डिएनए टेष्ट गर्ने मागलाई नसुनेर राज्यले अत्याचार गरेको टिप्पणी गरेका छन्।

न्यायका लागि संघर्षरत निहारिका पटक पटक अनशन बसिरहेकी छिन्। कहिले सिंहदरबार अगाडि, कहिले बसन्तपुर त कहिले माइतीघरमा अनशन बसे पनि उनको माग सुनुवाइ भएको छैन।

आफूलाई बलात्कार गर्ने र बच्चाको डिएनए टेष्ट गर्नुपर्ने माग सुनुवाइ नभएपछि उनले शुक्रबार राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077