काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउने बताएका छन् ।
शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि आफूहरुको मात्र दुई तिहाइ बहुमत नचाहिने बताएका हुन् ।
पहिले संविधानसभा पनि नचाहेको कांग्रेस र एमाले माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमा सहमति जनाएको लिङ्देनले बताए ।
कांग्रेस–एमालेका कतिपय नेताहरुले धर्म निरपेक्षता, सघीयता र गणतन्त्र गलत रहेछ भन्ने अभिव्यक्ति दिएको भन्दै लिङ्देनले कांग्रेस एमालेलाई राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सकिने बताए ।