Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं क्षेत्र नं ९ मा नविन र समयानुकुल एजेण्डा बोकेका डा. बस्नेतको उम्मेदवारी

काठमाडौं । पछिल्लो समय नेपाली राजनीतिमा स्वतन्त्र उमेदवारहरु बढिरहेका छन् । एकातिर राजनीतिक दलतप्रति जनताको विश्वास घट्दै जानु र अर्कोतिर स्वतन्त्र उम्मेदवारहरुको संख्य बढ्दै जानुले राजनीतिक दलका शिर्ष नेताहरु नै समस्यामा पर्न सक्ने विश्लेषण हुन थालेको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारले शिर्ष दलका नेताहरुलाई नै पराजित गरेको घटना हामीमाझ छर्लङ्ग छ । त्यसैले मंसिर ४ गतेका लागि तय भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या बढ्ने देखिन्छ ।

यही क्रममा ‘परिवर्तनको संवाहक हामी आफै बन्नुपर्छ, परिवर्तन सम्भव छ र परिवर्तन अपरिहार्य छ’ भन्ने नाराका साथ राजनीति र कानुनका विशेषज्ञ समेत रहेका एक अधिवक्ता डा. ज्ञान बस्नेतले पनि प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् ।

दलियतन्त्रले उत्पादन गरेको भयावह राजनितिक विकृती र भागबण्डाको राजनितिको बिरुद्दमा आफूले सांसद सदस्य पदमा उम्मेदवारी दिन लागेको उनले बताए । त्यसैगरी उनले युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासँग जोड्न, दण्डहीनता, कुशासन, भ्रष्टाचार, हरेक खालको अन्याय र अत्याचारको बिरुद आफ्ना ११ बुँदे एजेण्डाहरु सहित प्रस्तुत गरेका छन् ।

जसमा संघियता खारेजी, निर्वाचन प्रणालीमा ब्यापक सुधार, अप्रवासी नेपालीहरुलाई मतदानको अधिकार, ब्यापारीहरुलाई करको दायरामा ल्याउने, कृषी उत्पादनलाई अधुनिकिकरण गर्ने सांसदहरुको संख्या घटाउँने, बिदेशी ऋण कम गर्दै जाने, २०४६ पछि शक्ती र सत्तामा बसेका सबैको सम्पती छानबिन गर्ने, मन्त्री परिषद सानो आकारको बनाउने, २०४६ पछि बेचिएका तथा नष्ट भएका सबै उधोग र कलकारखानाहरु पुनःस्पना गरिने, लाखौं नेपाली दाजुभाई र दिदिबहिनी हरुलाई स्वदेस फर्काएर यहिं काम गर्ने वातावरणको निर्माण गर्ने, पदाधिकारी र पुर्वपदाधिकारीहरुको सुबिधामा भारी कटौती गर्ने र बिकासमा प्रयोग गर्ने तथा राजनिती अब पेशा हैन, सेवामा बदल्नु पर्ने जस्ता नविन, अकार्षक र समयानुकुल एजेण्डाहरु समावेश गरेका छन् ।

भोजपुरको विकट ठाँउमा जन्मिएका डा. बस्नेतले नेपालको त्रिभुवन विश्वविद्यालयबाट र दोस्रो पटक बेलायतमा कानुनमै स्नातकोत्तर अध्ययन गरि उनले मानव अधिकारमा बेलायतको Lancaster University बाट विद्यावारिधी गरेका छन् । उनी मानव अधिकारको विषयमा विद्यावारिधी गर्ने नेपालकै पहिलो व्यक्ति हुन् ।

पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापक रहेका उनी खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्दछन् । साथै राजनैतिक तथा कानुनी सचेतक र विश्लेषक समेत रहेका डा।बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा तथा एसिया टाइम्स अनलाईन, हङ्कङ, द डाउन नेशनल पेपर पाकिस्तान तथा युरो एसिया रिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आएका छन् ।

हाल उनी काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा बस्दै आएका छन् । डा। बस्नेतका मानवअधिकार सम्बन्धी कानुनमा तीन वटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उनका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका थिए । त्यस्तै धरानमा हर्क साम्पाङ, नेपालगञ्जमा गोपाल हमाललगायतका स्वतन्त्र उमेदवार विजयी भएपछि देशभर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर नै चलेको छ ।

यस्तोमा एक अर्का नयाँ, सक्षम, विदेशमा विद्यावारिधी गरि स्वदेशमै केही गरौँ भन्ने भावनाले अभिप्रेरित युवाको समसामयीक आवश्यकताअनुरुपका एजेण्डा सहितको उम्मेदवारीले जनतामा लामो समयदेखि छाएको राजनीति प्रतिको वितृष्णमा एउटा अर्को आशा थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077