Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोसाइँकुण्डबाट फर्किँदा लेक लागेर बिरामी परेका तीन जना तीर्थयात्रीको उद्धार

रसुवा । गोसाइँकुण्ड पुगेर फर्कने क्रममा लेक लागी बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

मेला भर्नका लागि गोसाइँकुण्ड पुगेकी नुवाकोटको ककनी गाँउपालिका ८ बस्ने ४५ बर्षिय नारायण भण्डारी , सोही जिल्लाको बिदुर नगरपालिका ११ बस्ने २० बर्षिय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० बर्षिय निर्जिव दुवाडीको उद्धार गरिएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाका अनुसार उनिहरुलाई फर्कने क्रममा लेक लागी बेहोस भएका थिए ।

उक्त स्थानमा रहेको धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077