Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचरमा हस्तक्षेप : एक मात्रै दरबन्दी, कुरा नमिलेपछि अर्को थप

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) मा दलीय भागबन्डा पु¥याएर बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले देशको एक मात्र गुप्तचर विभागमा दरबन्दी थपेर एआईजी बढुवा गरेको हो ।

सरकारको यो निर्णयसँगै गत ३ साउनबाट एक एआईजी रिक्त रहेको गुप्तचरले बढुवामा भागबन्डा नमिलेपछि अर्को एक एआईजी दरबन्दी थप पाएको छ । जसअनुसार डीआईजीद्वय हुतराज थापा र ओम जोशी एआईजीमा बढुवा भएका हुन् ।

एआईजी बढुवामा सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भागबन्डा भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीलाई र नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थापालाई एआईजी बनाएका हुन् ।

अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको दरबन्दी थप्ने प्रस्तावलाई बुधबार मात्र सहमति दिएको स्रोतले जनाएको छ । गुप्तचरमा एआईजी दरबन्दी थप्न रातारात ओएनएम गरिएको थियो । हालका गुप्तचर प्रमुख रहेका यदुलाल खरेलले आगामी २३ भदौपछि अनिवार्य अवकाश पाउँदै छन् ।

त्यसपछि थापा र जोशीमध्ये एक प्रमुख बन्नेछन् । थापा हाल राअविको राजधानी प्रमुख र जोशी मधेस प्रदेश कमान्ड गरिरहेका छन् । हालकै व्यवस्था कायम रहे अहिले १ नम्बरमा बढुवा भएका थापा नै गुप्तचर प्रमुख नियुक्त हुनेछन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077