कैलाली । कैलालीमा प्रहरीले झण्डै तीन लाख रूपैयाँसहित चारजना जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्लाको गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित सन फ्लावर गेस्ट हाउसबाट दुई लाख ९० रकमसहित चारजना जुवाडे पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा होटल सञ्चालक कञ्चनपुरको भीमदत्त नगरपालिका-४ का ४५ वर्षीय सन्देश केसी, गोदावरी नगरपालिका-४ बस्ने ३५ वर्षीय टेक बहादुर रावल, ४२ वर्षीय पदम भट्ट र बैतडीको पुर्चौडी नगरपालिका-३ बस्ने २६ वर्षीय केशव कुँवर रहेका छन् ।
जुवा खेलिरहेको अवस्थामा भाग्न खोज्दा बैतडीको पाटन नगरपालिका-४ बस्ने ३९ वर्षीय सुरेन्द्र ऐरी र धनगढी उप-महानगरपालिका-२ बस्ने ३४ वर्षीय सागर सिंह भाग्ने क्रममा घाइते भएको कैलाली प्रहरीले जनाएको छ ।
उनीहरूको माया मेट्रो अस्पताला धनगढीमा उपचार भइरहेको छ । पक्राउ परेका माथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Leave a Reply