Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा एकलौटी ढंगले अघि बढेपछि शेखर समूहको बैठक बस्दै

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति असन्तुष्ट बनेको शेखर कोइराला समूहको बैठक बस्दैछ ।

आफ्नो समूहको रणनीति बनाउन कोइराला समूहको बैठक आज दिउँसो बस्न लागेको हो । बैठकमा कोइरालाले आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाएका छन् ।

सो समूहले देउवाले हरेक निर्णय आफूखुसी गरेको आरोप लगाएको छ । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन ।

यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर समूहको आरोप छ । देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ ।

यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निर्णयमा पुगिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077