Online Nepal
  • शुक्रबार, ११ असोज २०८१
  • युरोपमा खडेरी : सुक्न थाले नदीहरू, जलचर बचाउन समस्या

    युरोपमा खडेरी : सुक्न थाले नदीहरू, जलचर बचाउन समस्या

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । कुनै समय बाह्रैमहिना नदी बगिरहने फ्रान्सको बरगन्डीस्थित लक्स क्षेत्रमा लामो खडेरीका कारण रुखहरूको पंक्तिको बीचमा बतास चल्ने फराकिलो खाडल छ। यहाँ सुक्खा बालुवा, धूलो र हजारौं मरेका माछाहरूको अवशेष देखिन्छ।

    लामो खडेरीले युरोपेली महाद्वीपको लगभग आधा भागलाई प्रभावित पार्दा स्पेनमा सुक्खा र फुटेका जलाशयहरूदेखि डेन्युब, राइन र पोजस्ता प्रमुख सहायक नदीहरूमा पानीको स्तर घट्दै गएको छ।



    यसले कृषि अर्थतन्त्रलाई क्षति पुर्‍याइरहेको छ, पानीमा अभाव भएको छ, डँढेलो लागेको छ र जलचर प्रजातिहरूलाई खतरामा पारिरहेको छ।



    पश्चिमी, मध्य र दक्षिणी युरोपमा करिब दुई महिनादेखि उल्लेखनीय वर्षा भएको छैन। खडेरी अझै जारी रहने अनुमान गरिएको छ र यो ५०० वर्षमा सबैभन्दा खराब खडेरी हुन सक्ने विशेषज्ञहरूले उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार