Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रसिद्ध उपन्यासकार रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा एकजना पक्राउ

    प्रसिद्ध उपन्यासकार रुस्दीलाई छुरा प्रहार गरेको आरोपमा एकजना पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 954
    SHARES

    एजेन्सी । विश्वविख्यात लेखक सलमान रुस्दीको आक्रमणकारीलाई न्यूयोर्क प्रहरीले फक्राउ गरेको छ ।

    विवादास्पद पुस्तक ‘द सैटानिक भर्सेस’का लेखकका कारण मृत्युदण्डको खतरा भोग्दै आएका सलमान रुस्दीलाई न्यूयोर्कको एउटा कार्यक्रममा स्टेजमै आक्रमण भएको थियो । उनको आक्रमणकारीलाई तत्काल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



    चाटाउक्वा प्रतिष्ठानमा आयोजित एउटा कार्यक्रममा बोलिरहेको अवस्थामा बुकर पुरस्कार विजेता ७५ वर्षीय रुस्दीमाथि अचानक आक्रमण भएको हो ।



    न्यूयोर्क राज्य प्रहरीले एकजना पुरुषले दौडेर स्टेजमा गइ रुस्दी र एकजना अन्तर्वार्ताकारमाथि आक्रमण गरेको बताएको छ ।

    रुस्दीको घाँटीमा छुरा प्रहारबाट चोट लागेको छ । उनलाई तत्काल हेलिकोप्टरमा राखेर अस्पताल पुर्‍याइएको थियो । उनको स्वास्थ्य स्थिति अझै अज्ञात रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार