जनकपुरधाम । मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन बिहीवार रातिदेखि अन्त्य भएको छ ।
मधेश प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख मिश्रले बिहीवार राति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको छ ।