Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

    मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 978
    SHARES

    काठमाडौं । मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि सरकारले कार्यदल गठन गरेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनसंगै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा.भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।



    कार्यदलका सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान व्यूरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप– अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा छन् ।



    कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा कार्यरत नायब उपरीक्षक रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको गृहमन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार