काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि (शनिबार) नेपाल आउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको बताएका छन् ।
राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई प्रस्ताव गरेको थियो ।
प्रभाकरलाई क्यानले मुख्य प्रशिक्षकमा गत सोमबार नियुक्त गरेको थियो । नेपालले प्रभाकरको प्रशिक्षकत्वमा केन्याविरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ ।
Leave a Reply