Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • संघीय निजामती विधेयकमा विवाद कायमै, अघि बढ्न सकेन

    संघीय निजामती विधेयकमा विवाद कायमै, अघि बढ्न सकेन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयबाट स्वीकृत लिएर कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको संघीय निजामती सेवा विधेयक अघि बढ्न सकेको छैन ।

    कानुन मन्त्रालयले यस विधेयकबारे आन्तरिक छलफल थाले पनि टुंगोमा पुर्‍याउन सकेको छैन । जसका कारण विधेयकले ऐनको रूप ग्रहण गर्ने सम्भावना निकै कम हुँदै जान थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।



    मन्त्रालयले सरोकारवाला निकायसँग गहन छलफल नगरी र प्रशासनविद्हरूसँग कुनै सुझावै नलिई हचुवाकै आधारमा सो विधेयक अघि बढाइएको छ ।



    विधेयक प्रस्तावमा वृत्ति विकासलाई सङ्कुचन गर्न खोजिएको भन्दै देशभरका नायब सुब्बा र खरिदार स्तरका कर्मचारी आन्दोलित रहँदै आएका छन् ।

    कानुन मन्त्रालयले सो विधेयकमा प्रस्तावित प्रावधानबारे अध्ययन गरी आवश्यकताअनुसार संशोधनसहित पुनः विधेयकलाई सामान्य प्रशासन मन्त्रालयमा नै पठाउनेछ । यद्यपि, कानुन मन्त्रालयले अलमल गरिरहेको बताइएको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार