Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षलाई थाइल्याण्डमा बस्न अस्थायी अनुमति

    श्रीलंकाका पूर्व राष्ट्रपति राजापाक्षलाई थाइल्याण्डमा बस्न अस्थायी अनुमति

    अनलाइन नेपाल
  • शुक्रबार, २७ साउन २०७९
  • 999
    SHARES

    एजेन्सी । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपुर्‍याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रूपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ ।

    श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्ने थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान(ओ(चाले जानकारी दिए ।



    कोलम्बो गजेट र थाइल्याण्ड सञ्चारमाध्यमले चान(ओ(चालाई उद्धृत गरी लेखेको छ, ‘यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौँ । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ ।’



    थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार