Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अब डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

काठमाडौं । अब डाक्टरले डाक्टरलाई अनुचित शब्द प्रयोग गरेर गालीगलौज गर्न र त्यस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न नपाइने भएको छ।

नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि जारी गरेको आचारसंहितामा सहकार्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गालीगलौज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरेको हो।

डाक्टरलाई लक्षित गर्दै ल्याइएको सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि ल्याइएको ८ बुँदे आचारसंहिता अनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै पेशागत विवरण राख्नु पर्ने भए काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लिखित उपाधि मात्र लेख्नुपर्ने छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077