काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।
च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो ।जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।
सत्तारुढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ ।
तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरी नसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो ।