Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • लागूऔषध कारोवारमा भारतीय नागरिकसहित चार जना पक्राउ

    लागूऔषध कारोवारमा भारतीय नागरिकसहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 861
    SHARES

    फाइल तस्विर

    झापा । झापामा एक भारतीय नागरिकसहित चार जना लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो।

    झापाको भद्रपुर नगरपालिका-३ झोलुङ्गे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ४२ वर्षीय निखिल विश्वासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।



    यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ चारपाने डेरा गरी बस्ने ३६ वर्षीय बद्री राजवंशीलाई करिब ३ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।



    यसैगरी झापा, दमक नगरपालिका-९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रुपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने ३३ वर्षीय भीम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् ।

    इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार