Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नख्खु कारागारभित्र नाइकेले मनोमानी गरेको भन्दै कैदीबन्दी आन्दोलित

ललितपुर । ललितपुरको नख्खु कारागारका कैदी बन्दीहरूबीच झडप भएको छ ।

कारागार नाइकेले मनोमानी गरेको भन्दै कैदी बन्दीहरूले नाराबाजी र प्रदर्शन गरेका छन् ।

कैदी बन्दीहरूले नयाँ कैदी बन्दीसँग पैसा असुल्ने र महंगोमा सामान बिक्री गर्ने गरेको भन्दै नाइकेविरुद्ध आन्दोलित बनेका हुन् । बुधबार बिहानैदेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेका हुन् ।

४ सयभन्दा धेरै संख्यामा रहेका बन्दीहरूले नाइके फेर्नुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका हुन् ।

यस क्रममा दुई समूहबीच झडप समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077