Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • मिटरब्याजी प्रदेशीविरुद्ध ३ करोड २१ लाख बिगो माग गर्दै मुद्दा दायर

    मिटरब्याजी प्रदेशीविरुद्ध ३ करोड २१ लाख बिगो माग गर्दै मुद्दा दायर

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ ।

    सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    विभागका अनुसार सर्लाहीको कबिलासी नगरपालिका–२ स्थायी घर भएका शाहले आफूसहित पत्नी, छोराछोरी, बुहारी, ज्वाइँ लगायतका नामबाट ४८ जना सर्वसाधारणलाई १ करोड १ लाख ९२ हजार रुपैयाँ ऋण लगानी गरेका थिए । शाहले उनीहरूबाट १ करोड ५३ लाख ३१ हजार रुपैयाँ ब्याज लिएको विभागको दाबी छ ।



    ब्याज र साँवासहित अन्य चलअचल सम्पत्ति जोडेर ३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गरिएको छ । उनकी पत्नी मन्जु देवीलाई पनि प्रतिवादी बनाइएको छ । उनको नाममा रहेको जग्गा र बैंक मौज्दातका आधारमा ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार