Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • करोडौको अवैध सुन चोरेको आरोपमा पक्राउ परेका व्यवसायी लामिछाने १० हजार धरौटीमा छुटे

    करोडौको अवैध सुन चोरेको आरोपमा पक्राउ परेका व्यवसायी लामिछाने १० हजार धरौटीमा छुटे

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1.8K
    SHARES

    धनगढी । त्रिभुवन विमानस्थलबाट मुम्बई जान लाग्दा जहाज रोकेर पक्राउ परेका सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष  सन्तोष लामिछाने धरौटीमा छुटेका छन्।।

    भारतको पञ्जाबबाट करोड बढी मूल्यको सुन चोरीको प्रकरणका आरोपी लामिछानेसहितका ६ जना मंगलबार छुटेका हुन् ।



    जिल्ला प्रशासन कार्यालय कैलालीले १०/१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएपछि धरौटी बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    कैलाली प्रहरीले लामिछानेसहितका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो। सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार