Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • पहिरोले पासाङ ल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध

    पहिरोले पासाङ ल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1K
    SHARES

    रसुवा । रसुवाको उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीमा पहिरो खस्दा पासाङल्हामु राजमार्गको सवारी आवागमन प्रभावित भएको छ ।

    गएराति साढे २ बजे खसेको पहिरोको कारण रसुवा सदरमुकाम जाने आउने सवारी साधन चल्न सकेका छैनन् ।



    सवारी साधन जिरो किलोबाट धारापानी हुँदै र बेत्रावती, मैलुङ स्याप्रुबेशी हुँदै जान आउन सक्ने प्रहरीले जनाएको छ ।



    जनैपूर्णिमा नजिकिँदै गर्दा श्रद्धालुहरू सोही बाटो हुँदै गोसाईंकुण्ड दर्शन गर्न जाने गरेका छन् । श्रद्धालु आवतजावत गर्ने मुख्य दिन नै सडक अवरुद्ध हुँदा उनीहरूको यात्रा प्रभावित भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार