Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • न्यूड फोटोसुट प्रकरण : रणवीरविरुद्ध कलकत्ता उच्च अदालतमा मुद्दा दर्ता

    न्यूड फोटोसुट प्रकरण : रणवीरविरुद्ध कलकत्ता उच्च अदालतमा मुद्दा दर्ता

    अनलाइन नेपाल
  • बुधबार, २५ साउन २०७९
  • 1K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह अहिले न्यूड फोटोसुट प्रकरणका कारण समस्यामा परेका छन् ।

    एक एनजीओ अफिसरले मुम्बई प्रहरीमा हालेको एफआईआरपछि अब रणवीर सिंहविरुद्ध कलकत्ता उच्च अदालतमा पत्रिकाको प्रति जफत गर्न उजुरी दर्ता गरिएको छ ।



    जसमा रणवीरको नग्न फोटोसुट भएको ‘पेपर म्यागजिन’ का सबै छापिएका प्रतिहरू जफत गर्न आदेश दिन अदालतमा अपिल गरिएको छ ।



    कलकत्ता उच्च अदालतमा रणवीर सिंह विरुद्ध उजुरी दर्ता गर्दा, उजुरीकर्ताले अदालतलाई पश्चिम बंगाल सरकार र यस मामिलासँग सम्बन्धित सबै अधिकारीहरूलाई २३ जुलाई मा प्रकाशित रणवीर सिंहको फोटोसुट भएको पेपर म्यागजिनका सबै छापिएका प्रतिहरू जफत गर्न निर्देशन दिन अनुरोध गरेको छ ।

    यसका साथै पश्चिम बंगाल राज्यमा रहेको अन्तर्राष्ट्रिय पत्रिकाको वेबसाइट ब्लक गर्न पनि उजुरीमा माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार