Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

क्राइमियास्थित सैन्य शिविरमा विष्फोट, एक जनाको मृत्यु

एजेन्सी । रुसको क्राइमियाको एउटा सैन्य शिविरमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

विष्फोटमा परी एक जनाको मृत्यु र केही घाइते भएको रसियाले नियुक्त गरेको क्षेत्रीय प्रशासनका प्रमुखले बताए । विष्फोट प्रायद्वीपको पश्चिमी तटमा नोवोफेदोरिभका नजिकै रहेको साकी सैन्य आधार शिविरमा भएको थियो ।

सोही विष्फोटमा परी कैयौं घाइते भएको आशंका गरिएको छ । क्राइमियाको साकिस्थित सैन्य आधार शिविरमा श्रृंखलावद्ध विष्फोट भएको हो ।

रुसी रक्षा मन्त्रालयले भने गोला बारुद राखिएको गोदाममा विष्फोट भएको र त्यहाँ कुनै ठूलो क्षति नभएको भन्दै कुनै बाहिरी तत्वबाट विष्फोट नगराइएको बताएको छ ।

त्यहाँका संचार माध्यमहरुले स्थानीय समय अनुसार बिहान ३ बजेको समयमा कम्तिमा एक दर्जन पटक विष्फोटको आवाज आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077