Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मंसिर ३ गतेभित्र १८ वर्ष पुगेकाले मात्र प्रदेश र संसदको चुनावमा भोट हाल्न पाउने

काठमाडौं । मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेकाले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मतदान गर्न पाउने भएका छन् ।

तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न पाउनेछन् ।

आयोगले चुनावका लागि गएको २० गतेदेखि नयाँ मतदाताको नामावली सङ्कलनको काम स्थगित गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको मिति घोषणा भएको दिन अर्थात गएको १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन मंसिर ३ गतेसम्म १८ पर्ष पुग्ने व्यक्तिहरुको मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया सुरु भएको छ ।

आउँदो भदौ १२ गतेदेखि १९ गतेसम्म निर्वाचन कार्यालहरुमा मतदाता नामावली अद्यावधिकको काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077