Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मतदाता शिक्षालाई प्रभावकारी बनाइने

काठमाडौं । निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ ।

निर्वाचन आयोगले यसअघिका कमी कमजोरीलाई हटाउदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जानकारी दिएको हो ।

मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताए ।

सरकारी सञ्चार माध्यमसंगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यस्तै उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुनः दर्ता गर्न आह्वान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077