Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुरामले भने - गठबन्धनमा हाम्रो पनि हक छ, देउवा भन्छन् - अन्य दलसँग सल्लाह गरेर खबर गर्छु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री देउवाले नेपाल समाजवादी पार्टीलाई सत्तारुढ गठबन्धनमा सहभागी गराउन सकारात्मक रहेको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र राय यादवसँग भेटमा प्रधामन्त्री देउवाले नेसपालाई गठबन्धनमा सहभागी बनाउने विषयमा अन्य साझेदार दलहरुसँग छलफल गर्ने बताए ।

'मैले पनि गठबन्धनमा तपाईंहरुलाई पनि सहभागी गराउनुपर्छ भनेर सोचिरहेको थिएँ,'देउवाले भेटमा भने,'म सकारात्मक छु । एकपटक गठबन्धनका अन्य दलहरुसँग यस विषयमा सल्लाह गरेर खबर गर्छु ।'

भेटमा भट्टराईले अहिलेको सत्तारुढ गठबन्धन निर्माण गर्न आफ्नो पनि भूमिका रहेकाले त्यसमा हक लाग्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077