काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इलामका चिया उत्पादक टोलीले भेटवार्ता गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान भेटवार्तामा भएको हो ।
भारतमा हुदै आएको नेपाली चिया निर्यातमा अंकुश लगाउने चलखेल भएको भन्दै त्यसलाई रोक्न माग गर्दै चिया उत्पादक टोलीले प्रधानमन्त्री देउवासंग भेटघाट गरेका हुन् ।
व्यापारीहरूको सेटिङमा भारततर्फ निर्यात हुदै आएको नेपाली चिया कम गुणस्तरको कायम गर्ने र ४० प्रतिशतसम्म कर लगाउ षड्यन्त्र भइरहेकाले उनिहरुको आरोप छ । जवाफमा प्रधानमन्त्री देउवाले समस्याका बारेमा भारत सरकार र भारतीय दूतावाससँग कुरा गर्ने बताएका छन् ।
Leave a Reply