काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ ।
दल दर्ता गर्न पार्टी अध्यक्षको हस्ताक्षर चाहिने भएकाले माओवादीले प्रचण्ड फर्किएपछि मात्रै आयोग जाने भएको हो ।
प्रचण्ड साउन २६ गते स्वदेश फर्किने कार्यतालिका भएकाले त्यसपछि मात्रै दल दर्ताको प्रक्रियामा जाने स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए ।
अरु दलहरु आयोगको निर्धारित कार्यतालिका बमोजिम दल दर्ता गरिरहेका छन् । प्रदेश र प्रतिनिधि सभा चुनाव मंसिर ४ गतेका लागि तोकिएको छ ।
Leave a Reply