Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

    सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 999
    SHARES

    फाइल फोटो

    काठमाडौं । सयपत्री हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। आज विहान बाँडफाँट भएको आईपीओमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन्।

    जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा १ हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ।



    सयपत्रीले साउन १३ गतेदेखि साउन १७ गतेसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो ।



    यसमध्ये ५५ अर्थात ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र २५ अर्थात १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार