Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डीएसपी बढुवाविरुद्ध इन्स्पेक्टर भारतीले गुहारे सर्वोच्च

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब उपरीक्षक (डीएसपी) बढुवाविरुद्ध एकजना दाबेदारले सर्वोच्च अदालत गुहारेका छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपी बढुवाविरुद्ध विशाल भारती रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले २ साउनमा नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्ने निर्णय गरेको थियो । थप १४ सिट रिक्त हुँदा हुँदा आफूलगायतलाई छुटाएको भन्दै भारती सर्वोच्च अदालत गुहारेका हुन् ।

सोमबार न्यायाधीश नहकुल सुवेदीको इजलासले उनको रिटमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै, अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

भारतीले अदालतमा दिएको रिट निवेदनमा आफूलाई छुटाएर जुनियर प्रहरी निरीक्षकहरुलाई बढुवा दिइएको भनिएको छ । निवेदन अनुसार हाल बढुवा भएकामध्ये ६ जना मात्रै उनीभन्दा पुरानो ब्याचका हुन्, बाँकी २७ जना ६ साउन २०७० मा प्रहरी निरीक्षक भएकाहरु हुन् ।

प्रहरी सेवा असईबाट २६ चैत २०४९ मा प्रवेश गरेका भारती २६ वैशाख २०७० मा प्रहरी निरीक्षक बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077