Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २९ मा आज सोमवार बेलुका ५ बजेतिर पहिरो खसेपछि यो सडक खण्डमा गाडी चल्न सकेका छैनन् ।

लेदोसहितको ठूलै पहिरो खसेकाले पहिरो पन्छाएर गाडी सञ्चालन गर्न अझै एकरदुई घण्टा जति लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड भएर चल्ने गाडी बीच बाटोमै रोकिएका छन् ।

अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । पहिरो पन्छाउनका लागि पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077