काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कोरोना पुष्टि भएको छ ।
खड्कालाई आइतबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो ।
शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएका खड्का चिकित्सकको परामर्शमा आइतबार बिहानदेखि होम आइसोलेसनमा बसेका थिए ।
खड्का घरमै आराम गरिरहेका छन् ।