Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

छोराले चलाएको मोटरसाइकलबाट खसेर आमाको मृत्यु

झापा । छोराले चलाएको मोटरसाइकलबाट खसेर झापामा आमाको मृत्यु भएको छ ।

जिल्लाको अर्जुनधारा नगरपालिकाको नारायण चोक र बुद्धशान्ति गाउँपालिकाको जयपुर चोक जोड्ने सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा अर्जुनधारा नारायण चोककी ६२ वर्षीया लक्ष्मीमाया कार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनी छोरा सुमन कार्कीले चलाएको मोटरसाइकल पछाडि बसेकी थिइन् । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारका निम्ति बिर्तामोड ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि छोरा सुमन पनि अचेत छन्। उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077