Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रधानन्यायाधीश जबराविरुद्धको महाअभिगयोग सिफारिस समितिमा पठाइयो

    प्रधानन्यायाधीश जबराविरुद्धको महाअभिगयोग सिफारिस समितिमा पठाइयो

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 972
    SHARES

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइएको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकको बहुमतले पारित गरेर उक्त प्रस्तावलाई सिफारिस समितिमा पठाएको हो ।



    सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउन सिफारिस गरेका थिए ।



    चोलेन्द्रविरुद्धको महाभियोग सिफारिस समितिमा पठाएसँगै प्रतिनिधि सभा बैठक मंगलवारसम्मको लागि स्थगित भएको छ ।

    सत्तारुढ गठबन्धनका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले गत फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए ।महाभियोग दर्ता भएसँगै जबरा निलम्बनमा परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार