काठमाडौं । वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रुपमा बुझिरहेको नेकपा एमाले सांसद योगेशकुमार भट्टराईले आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक नबनाइ सामाजिक सुरक्षाको स्वास्थ्य बीमा बनाउनुपर्ने बताए ।
सांसद भट्टराईले स्वास्थ्य बीमाको दायरा पनि बढाउन आवश्यक रहेको भन्दै १ लाखबाट अब १० लाख बनाउनुपर्ने बताए ।
उनले सत्तारुढ पाँच दलीय गठबन्धन सरकारलाई पञ्चमुखी सरकारको संज्ञा दिए ।