Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुई किलो गाँजासहित बिजय र सन्तबहादुर पक्राउ

बारा । दुई किलो गाँजासहित बाराको निजगढ नगरपालिबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी रतनपुरबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका-११ रतनपुर तामागढी सडकखण्डस्थित जंगलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका–१२ रामथलीका का ३० वर्षीय बिजय तमाङ र ३२ वर्षीय सन्तबहादुर लुम्बा रहेका छन् ।

रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जाँदै गरेको प्रदेश–३–०३–००१ प २१०५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा दुई किलो गाँजा बरामद भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

लागुऔषध फेला परेपश्चात उनीहरु सवार रहेको मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077