Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले निकास पाउँदैन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते देशले निकास नपाउने टिप्पणी गरेका छन् । आइतबार बिहान ट्वीट गर्दै अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक दलहरुले चुनाव जिते पनि देशले कुनै निकास नपाउने उल्लेख गरेका हुन् । उनले देशमा अझै पुँजीवादी,साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बाँकी रहेको र केही समय चुनाव जिते पनि देशले भने कुनै निकास नपाउने तर्क गरेका हुन् । त्यसका लागि आफू नेतृत्वमा गठित नेपाल समाजवादी पार्टी रहेका उनको तर्क छ । उनले लेखेका छन् 'नेपाली राजनीतिको आवश्यकता स्पष्ट अग्रगामी विचार/नीति/कार्यक्रम/संगठन/नेतृत्व/व्यवस्थापन/कार्यशैली सहितको पार्टी हो । पुॅजीवादी, साम्यवादी र क्षेत्रीयतावादी पार्टीहरूको प्रभाव बॉकी छ,चुनाव जित्लान् तर देशले कुनै निकास पाउनेछैन ! अतःनेपाल समाजवादी पार्टी (नेसपा) !'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077