Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विनोद चौधरीले मुद्रा अपचलन र राज्य दोहन गरेको एमाले नेता ज्ञवालीको आरोप

पूर्वी नवलपरासी । एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले उद्योगपति विनोद चौधरीले मुद्रा अपचलन र राज्य दोहन गरेको आरोप लगाएका छन् ।

शनिबार देवचुलीमा आयोजित एमालेको प्रशिक्षण कार्यक्रममा ज्ञवाली चौधरी विरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका हुन् । नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने भन्दै राजनीतिक गतिविधिमा सक्रिय देखिएका चौधरीविरुद्ध नेकपा एमाले आक्रमक रुपमा प्रस्तुत भएको हो ।

'संसारकै धनी व्यक्तिको सूचीमा परेको तर नेपालमा कर तिर्ने बेलामा सय नम्बरमा पनि नपर्ने व्यक्ति निर्वाचनमा यही जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको सुन्दैछु,'ज्ञवालीले भने,'त्यस्तालाई चिन्नु पर्छ ।'

यस्तै नेता ज्ञवालीले चौधरीलाई नेपालमा उद्योग गरेर चौधरीले विदेशमा सम्पत्ति लगेर मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाए । ज्ञवालीले बिनोद चौधरीको नाम उच्चारण नगरिकन उनलाई संकेत गर्दै भने, 'तिनै कर नतिर्ने, मुद्रा विदेश लैजाने व्यक्ति यही जिल्लाबाट चुनाव लड्न आतुर रहेकोले उनलाई परास्त गर्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077