Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • जलस्तर बढ्ने आँकलनसहित सुनसरी र सप्तरीको कोसी तटीय क्षेत्रमा उच्च सतर्कता

    जलस्तर बढ्ने आँकलनसहित सुनसरी र सप्तरीको कोसी तटीय क्षेत्रमा उच्च सतर्कता

    अनलाइन नेपाल
  • शनिबार, २१ साउन २०७९
  • 1K
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तकोशी नदीको जलस्तर अस्वभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाएको छ ।

    पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक वृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा शतर्कता बढाएको हो ।



    नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । नदीको वराहक्षेत्रको मापनमा पानीको बहाव उच्च देखिएकाले आसपासको क्षेत्र उच्च जोखिममा रहेको भन्दै हाईअलर्टमा सबै संयन्त्र तयारी अवस्थामा राखिएको छ ।



    बराहक्षेत्रको बहाव चतरा मापनमा आइपुग्दा शतर्कता तह पार गर्ने सम्भावना देखिएकाले समेत तटीय क्षेत्रसहित आसपासमा सावधानी बढाइएको प्रशासनले बताएको छ ।

    कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन् ।

    सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार