Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ : मन्त्री बडू

दार्चुला । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देश विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन् । ।

दार्चुला सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालयको आज उद्घाटन गर्दै मन्त्री बडूले देशको विकासका लागि राजनीतिक आस्थाभन्दा माथि उठेर सबै एकजुट हुनुपर्ने बताएका हुन् ।

उनले दार्चुला जिल्ला भौगोलिक रुपमा समेत संवेदनशील ठाउँमा रहेकाले यहाँकै जनप्रतिनिधि हिसावले आफू र सिंगो सरकार गम्भीर रहेको बताए ।

२०५० देखि २०६२ सालसम्म सञ्चालन रहे पनि २०६३ देखि बन्द भएको कम्पनीको शाखा कार्यालय पुनः सञ्चालनमा ल्याउनु सुखद सुरुवात भएको बताउँदै मन्त्री बडूले कार्यालयको स्थापनापछि खाद्य आपूर्ति मात्र नभई यस क्षेत्रको उत्पादनलाई बजारीकरण गर्न समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077