Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बुल्गेरियाका १४ कूटनीतिज्ञलाई देश छाड्न रुसको आदेश

एजेन्सी । रुस र बुल्गेरियाबीचको कूटनीतिक सम्वन्धमा तनाव बढेको छ । रुसले बुल्गेरियाका १४ कूटनीतिज्ञलाई आफ्नो देश छाड्न आदेश दिएको अधिकारीहरुले जनाएका छन्।

बुल्गेरियाले रुसका ७० कूटनीतिज्ञहरुलाई देश निकाला गरेकाले प्रतिक्रिया स्वरुप रुसले बुल्गेरियाका कूटनीतिज्ञहरुलाई निकाला गरेको हो।

रुसको विदेश मन्त्रालयले रुसका लागि बुल्गेरियाका राजदूत अतानास क्रास्तिनलाई मन्त्रालयमा बोलाएर १४ जनालाई देश निकाला गर्ने निर्णय भएको जानकारी गराएको थियो।

निष्कासित गरिएका सबै जना मस्कोस्थित बुल्गेरियाको दूतावास र कन्सुलर कार्यालयमा कार्यरत थिए । बुल्गेरियाले आफ्ना कुटनीतिज्ञहरूलाई जस्तो व्यवहार गरेको थियो, त्यस्तै व्यवहार आफ्नो तर्फबाट बुल्गेरियालाई गर्नुपरेको रूसी पक्षको भनाइ छ।

बुल्गेरियाका प्रधानमन्त्री किरिल पेत्कोभले गत जुनमा रुसी ७० कुटनीतिज्ञहरुलाई आफ्नो देशबाट निकाला गर्ने निर्णय गरिएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077