Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामदेव गौतमद्धारा ‘नेपाल समाजवादी केन्द्र’ को घोषणा

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबाट छुट्टिएको समुहले विभिन्न पार्टीबीच चुनावी तथा राजनीतिक गठबन्धन बनाउने घोषणा गरेको छ ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर विभिन्न पाँच पार्टीबीच चुनावी एकता गरेर निर्वाचन लक्षित राजनीतिक मोर्चा ‘नेपाल समाजवादी केन्द्र’ नामाकरण गरिएको जानकारी दिइएको हो ।

अभियान केन्द्रीय कार्यालयको गत साउन १७ गते बसेको बैठकले नेकपा एकता राष्ट्रिय अभियानको नाम परिवर्तन गरी ‘नेपाल समाजवादी केन्द्र’ राख्ने र केन्द्रलाई राजनीतिक मोर्चा र चुनावी गठबन्धनको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

आज घोषण गरिएको उक्त नेपाल समाजवादी केन्द्रमा नेकपा (समाजवादी), नेकपा (राष्ट्रवादी), आम नेपाली पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र समाजवादी केन्द्र नेपाल आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077