काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ ‘प्रचण्ड’ लाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका छन् ।
पार्टीमा कुन नेता कहाँबाट लड्ने भन्ने विषयमा छलफल चल्न थालेपछि प्रचण्डलाई पार्टीका नेताहरुले चार जिल्लाबाट चुनाव लड्न प्रस्ताव गरेका हुन ।
पार्टीका नेताहरुले प्रचण्डलाई चितवन क्षेत्र नम्बर तीन छोडेर गोरखा क्षेत्र नम्बर एक, धनुषा क्षेत्र नम्बर एक, सिन्धुली क्षेत्र नम्बर दुई र सिरहा क्षेत्र नम्बर तीनबाट चुनाव लड्न प्रस्ताव गरेका हुन् ।
प्रचण्डको चुनाव क्षेत्रलाई लिएर अनेक विश्लेषण हुन थालेपछि पार्टीका नेताहरुले चुनावी अंक गणितको हिसाब गरेर चार जिल्लाका नेताहरुले भेटेरै ती क्षेत्रमा चुनाव लड्न अफर गरेका हुन् ।
Leave a Reply